हस्तलेखन प्रतियोगितामा कञ्चनपुरकी ९ वर्षीया अञ्जनालाई गोल्ड मेडल

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
राष्ट्रिय हस्तलेखन प्रतियोगितामा कञ्चनपुरकी अञ्जना विष्टले गोल्ड मेडल प्राप्त गरेकी छन् । महेन्द्रनगरको कञ्चन विद्या मन्दिरमा कक्षा ३ मा अध्ययन गर्दै आएकी ९ वर्षीया अञ्जनाले काठमाडौँमा सम्पन्न भएको ‘नेशनल वाईड हेल्डराईटिङ्ग कम्टिसन’ अर्थात राष्ट्रिय हस्तलेखन प्रतियोगिता २०७५ मा गोल्डमेडल प्राप्त गरेकी हुन् ।

टिसी स्टार नेपाल प्रालीले देशभरीको हस्तकला छनौटका लागि आयोजना गरेको प्रतियोगितामा अञ्जनालाई पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले मेडलका साथै पुरस्कार प्रदान गरे । सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुलाको लटिनाथकी अञ्जना यसअघि विद्यालय, जिल्ला र प्रदेशमा प्रतिस्पर्धा गर्दै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएकी थिईन् ।

राष्ट्रिय स्तरको प्रतियोगितामा समेत अञ्जनाले मेडल प्राप्त गरेपछि उनका परिवार तथा विद्यालयमा खुसि छाएको छ । उनका अनुसार यस्ता राष्ट्रिय प्रतिभाव विद्यार्थीको कलाको सम्मान गरिने छ। कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका प्राचार्य डा.राज कुमार साउदले अञ्जनाले राष्ट्रिय हस्तलेखन प्रतियोगितामा प्राप्त गरेको उपलब्धी विद्यालय र सिङ्गो सुदूरपश्चिम प्रदेशकै भएको बताए ।

उनले विद्यार्थी स्वयम लगनशिल, मेहनती, विद्यालय, शिक्षक र अभिभावकको साथ सर्मथनबाट विद्यार्थीले सफलता प्राप्त गरेको बताए । अञ्जना अनुशासित र मेहनती विद्यार्थी भएको उनले बताए ।

अञ्जनाका काका पदमले छोरीको मेहनत र राष्ट्रिय प्रतियोगिताबाट गोल्डमेडल ल्याएकोमा परिवार हर्षित भएको बताएका छन्। अञ्चनाका अभिभावक दार्चुला बस्दै आएका छन् भने उनी अहिले भीमदत्त नगरपालिका ५ बनखेत बस्दै आएकी छन् ।