पुरीको हत्याको अभियोगमा पाँच जना समातिए

0
Shares

रुपन्देही,
नेपाल तरुण दलका एक सक्रिय कार्यकर्ताको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा हत्या भएको थियो । हत्यापछि प्रहरीले शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिँदै अनुसन्धान शूरु गरिसकेकोे बताएको छ ।

मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

आक्रमणबाट गम्भीर घाइते पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही पुर्याइएको थियो ।

तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।