संवैधानिक सङ्कट काङ्ग्रेसले टार्योः सभापति देउवा

0
Shares

गलकोट, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तीनै तहको निर्वाचन गराएर नेपाली काङ्ग्रेसले हुन सक्ने संवैधानिक सङ्कट टारेको बताउनुभएको छ । अहिलेको सरकारले जनताको स्वतन्त्रतालाई कुण्ठित गरेको आरोप लगाउँदै उहाँले सरकारको एक वर्षको कार्यकालमा एउटा पनि राम्रो काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

काङ्ग्रेस बागलुङले आज आयोजना गरेको आमसभामा सभापति देउवाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेपाल र नेपाली स्वतन्त्र रुपले बाच्न पाउने अभिकारको रक्षा हुनुपर्ने बताउनुभयो ।

काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार सहज परिस्थिति हुँदाहँुदै पनि जनताको अपेक्षाअनुसार कार्य गर्न नसकेको बताउनुभयो । वर्तमान सरकारको कार्यकालको परिणाम आउन थालेको उल्लेख गर्दै उहाँले जनतामा निराशा मात्र पैदा गर्ने काम भएको बताउनुभयो ।
रासस