झापामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।
झापाको मेचीनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बाह्दर्शी गाउँपालिका ३ का ६२ बर्षीय चुनु हेमरन रहेको जिल्ला वप्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर नगरपालिका १५ स्थित धुलावारी–भद्रपुर जाने भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ४ ख २०३६ नम्बरको ट्रकले पैदल हिडिरहेका हेमरनलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।