भारतमा ११ अप्रिलदेखि चुनाव हुने, ७ चरणमा मतदान गरिने


काठमाडौं ।
भारतको आम चुनावको मतदान सात चरणमा हुने भएको छ । ११ अप्रिलबाट सुरु हुने मतदान १९ मेमा सकिनेछ र २३ मे बाट मत गणना सुरु हुनेछ ।

भारतीय चुनाव आयोगले आइतबार पत्रकार सम्मेलन गरी आम चुनावको तालिका सार्वजनिक गरेको हो ।

निर्वाचनको मिति घोषणा भएसँगै आइतबारबाटै निर्वाचन आचारसंहिता लागू भएको छ ।