चोरीका सामानसहित चारजना चोर पक्राउ

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।
चोरको बिगबिगी बढेसँगै प्रहरीले चोरी घटनामा संलग्न भएको आरोपमा नाइकेसहित चार जनालाई पक्राउ गरेको छ ।

सीमावर्ती नाका भद्रपुरमा साइकल, मोटरसाइक, नगदसहित घरायशी सामान तथा मन्दीरबाट समेत चोरी हुन थालेपछि प्रहरीले गरेको अनुसन्धानमा दुले चोरहरु प्रहरीको फन्दामा परेका हुन् ।

पक्राउ पर्नेमा चोरी घटनाका नाइके भद्रपुर ५ का २८ बर्षीय सन्तोष राजवंशी ,२१ बर्षीय फुल महोम्मद राजशेख, सोही स्थानका २१ बर्षीय पुल्ले काहार र २५ बर्षीय सुरज श्रेष्ठ रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५ थान साइकल, एउटा ग्यास सिलिण्डर र घरायशी सामग्री बरामद गरेको इनसपेक्टर श्रेष्ठले जनाए । उनीहरुलाइ भद्रपुरको विभिन्न क्षेत्रबाट बयानका आधारमा पक्राउ गरिएको र पक्राउ परेका चार जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको प्रहरीले जानकारी दिएको छ ।

चोरका नाइके राजशेख र राजवंशी यसअघि पनि चोरीको घटनामा पक्राउ परिसकेको प्रहरीको भनाई छ । बरामद गरिएको साइकल र सामग्रीहरुलाई सम्बन्धित धनिलाई जिम्मा लगाउने उनले जनाए । एक साताअघि एकैरातमा भद्रपुरका विभिन्न स्थानमा चोरी भएपछि प्रहरीले सक्रियता बढाएको थियो
घटना भए कै दिन प्रहरीले चोरका नाइके राजशेखलाई चोरीको साइकलसहित पक्राउ गरेको थियो ।

प्रहरीले राजशेखकै बयानकै आधारमा गिरोहका अन्य क्राउ गरेको हो ।प्रहरीका अनुसार सो समूहले भद्रपुर ५ बसपार्क नजिकैबाट जाकिर हुसेनको मे ५ प १६४ नम्बरको मोटरसाइकल र भद्रपुर ५ स्थित बैजुप्रसाद साहको मे १ प ७७९७ नम्बरको मोटरसाइकल घरबाटै चोरी गरेको थियो । दुवै मोटरसाइकल वेवारिसे अवस्थामा प्रहरीले भद्रपुरबाटै बरामद गरी सम्बन्धित धनिलाई बुझाइसकेको छ ।