अमेरिकी सिनेटरद्वारा बलात्कारको खुलासा


वासिंगटन, (एजेन्सी)
अमेरिकाका एकजना सिनेटरले वायु सैनिक फोर्समा कार्यरत रहँदा आफूलाई एकजना वरिष्ठ अधिकारीले बलात्कार गरेको खुलासा गरेकी छिन्। युद्धभूमिमा लडाकू विमान उडाउने पहिलो महिला पायलट तथा सिनेटर मार्था म्याकस्याल्लीले सेनामा हुने यौनउत्पडिन बारे बोल्ने क्रममा खुलासा गरेकी हुन्।

एरिजोनाका रिपब्लिकन उनले लाज, अन्यौल र काननुप्रति विश्वास नरहेकाले त्यतिबेला आफूमाथि भएको अन्यायको जाहेरी नगरेको बुझिएको छ। सन् २०१७ मा अमेरिकी सेनामा झण्डै ६ हजार ८ सयवटा यौन उत्पीडनका घटनाको उजुरी परेको छ।

अघिल्लो वर्षको तुलनामा सो संख्या १० प्रतिशतले बढिरहेको छ। ५२ वर्षीया म्याकस्याल्लीले बुधबार सिनेट सशस्त्र सेवाको सहसमितिमा यौनउत्पीडनको शिकारको भूमिकामा बोल्ने क्रममा सो खुलासा गरेकी हुन्।

वायु सैनिक फौजका प्रवक्ताले एक विज्ञप्तिमार्फत भनेका छन्– ‘हामी सिनेटर म्याकस्याल्लीले भोगेको दुखद् अनुभवप्रति दुखित छौं र गहिरो क्षमायाचना गर्दछौं। साथै हामी सदैव उनी र अन्य सम्पूर्ण यौनउत्पीडितहरुको साथमा छौं। यौनउत्पीडनको अन्य साहसी शिकारहरुले जस्तै त्यतिबेला नै आफूविरुद्धका ेअन्यायका लागि आवाज उठाउन नसकेको दोष आफैंलाई दिँदै उनले आफ्नो अनुभवको खुलासा गरी अन्य पीडितहरुलाई आशा बाँड्न चाहेको बताएकी छिन्।
२६ वर्षसम्म अमेरिकी वायुसेनामा सेवा गरेकी उनी सन् २०१० मा कर्णेलको हैंसियतले अवकाश प्राप्त गरेकी थिइन्। त्यसपछि अमेरिकी प्रतिनिधिसभामा दुई कार्यकालका लागि निर्वाचित भएकी उनी गत जनवरीमा सिनेटर बनेकी थिइन्।