कर्णाली नदीमा डुङगा पल्टिँदा १ जनाको डुबेर मृत्यु   

0
Shares

दैलेख,

आठबिस नगरपालिका-४ कुनडाँडा खोटेसल्लास्थित कर्णाली नदीमा डुङ्गा चढी माछा लिन जाने क्रममा डुङ्गा पल्टिँन जाँदा नदीमा डुबेर सोही नगरपालिका-७ घर भई आठबिस नगरपालिका-४ खोलीबजारमा होटल गरी बस्ने ५५ वर्षीय लालबहादुर शाहीको शुक्रबार बिहान मृत्यु भएको छ ।

डुङ्गा पल्टिँदा उक्त नदीमा डुबेका शाही र अछाम पन्चदेवल नगरपालिका-९ बस्ने ३० वर्षीय चक्रबहादुर शाहीलाई प्रहरीले स्थानीयबासिन्दाको सहयोगमा उद्दार गरी उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा लालबहादुरको बाटोमै मृत्यु भएको हो । चक्रबहादुर शाही सकुशल रहेका छन् ।