जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ  

0
Shares

सिराहा,

सुखीपुर नगरपालिका-८ बस्ने ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने २२ वर्षीय सन्जय साह तेलीलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

छिमेकीको घरमा खेलिरहेको अवस्थामा ती बालिकालाई तेलीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखीपुरबाट खटिएको प्रहरीले तेलीलाई पक्राउ गरेको हो ।