ललितपुर,
ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित बखुण्डोल जाने बाटोमा नेपाल टेलिभिजनको बा.१ ञ १९९८ नम्बरको गाडी तोडफोडमा संलग्न ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं तिनकुने सुबिधानगर बस्ने सुर्खेत घर भएका २३ वर्षीय क्षितिज देबकोटा, ललितपुर पुल्चोक नटवल घर भएका १९ वर्षीय निश्चल श्रेष्ठ र ललितपुर कुमारीपाटी बस्ने दाङ तुलसीपुर घर भएका २० वर्षीय सचिन चौधरी रहेका छन् ।
उक्त स्थानमा नेपाल टेलिभिजनको गाडीको अगाडिको शिशा फुटाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले तोडफोडमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।











प्रतिक्रिया