अब सांसद रहेनन् रेशम चौधरी

0
Shares

नेपाल समाचारपत्र, टीकापुर ।
टीकापुर घटनामा सजाय पाएसँगै कैलाली–१ का सांसद रेशम चौधरीको पद गुम्ने भएको छ।

संविधानले नैतिक पतनमा फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति सांसद हुन नसक्ने प्रावधान राखेको छ । संविधानको धारा ८७ ले सांसद हुने योग्यतामा ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको’ व्यक्ति हुनु पर्ने व्यवस्था छ । लगत्तै धारा ८९ ले ‘धारा ८७ बमोजिम योयता नभएमा वा नरहेमा’ संघीय संसदको सदस्यको स्थान रिक्त हुने व्यवस्था गरेको छ।

चौधरीलाई बुधबार कैलाली जिल्ला अदातलले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो।
चौधरी माथि ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी टीकापुरमा हिंसा भड्काउन मुख्य योजनाकारको रूपमा भूमिका खेलेको अभियोग लागेको थियो।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भड्किएको हिंसामा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।