जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0
Shares

रौतहट, जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रपुर नगरपालिका(१ पौराई बस्ने ४५ वर्षीय तेजबहादुर खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

तेजबहादुरलाई सोही ठाउँ ब्रम्हस्थानस्थित ब्रमह बाबाको मन्दिर परिसरभित्र करिब ३२ वर्षीया मानसिक सन्तुलन ठीक नभएकी मागी खाई हिंड्ने महिलालाई जबरजस्ती करणी गरिरहेको अवस्थामा स्थानियवासीहरुले फेला पारी नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेकोले ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।