प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने समातिए

0
Shares

काठमाडौं,

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चितवन भण्डाराका २६ वर्षीय ट्रक चालक रिदम नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१२ स्थित टेकु चोकमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले रिदमले चलाएको ना.६ ख ३२०२ नम्बरको ट्रक जाँच गर्ने क्रममा कागज पत्र ठीक नभएको कारणले उनले नगद १ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।