परिर्वतन चाहन्छन् विद्यार्थी

0
Shares

सौराहा,
समाज परिर्वतन, सुखी र खुसी जनताको सपना देखेका समाजिक कार्यका विद्यार्थीहरुले मुलुकका विभिन्न ठाउँमा समाजिक कार्य गर्ने गरेको पाईन्छ । यस्तै उनीहरुले स्कुल तथा कलेजमा पढेका र सुनेका कुरालाई व्यवहारमा उर्तानको लागि यस्ता कार्यक्रमहरु गर्ने गर्दछन् । यसै क्रममा ओरियन्ट कलेज काठमाडौंबाट प्रस्थान गरेका विद्यार्थीहरुले चितवन नगरीमा अन्तरक्रिया, सिविर तथा जनचेतनामुुलक कार्यक्रमहरु सम्पन्न गरेका छन् ।

कलेज स्नातक कार्यक्रम संयोजक साधना थापाको नेतृत्वमा गत चार दिनदेखि समुुदायमा कार्य गरेका उनीहरुले आफुुले ज्ञान प्राप्तीसँगसगै समुुदायका कृषि तथा पशुुपालनमा उत्पन्न भएका समस्याहरु र समाधानका उपायहरुको बारेमा गहन अध्यायन गरेको बताएका छन् । यसरी संकलन गरेका जिज्ञासाको विवरण पनि रत्ननगर नगरपालिका वडा नं ६ सौराहास्थित सौराह सामुदायिक पुस्तकालयमा पेस गरेको उनीहरुले बताएका छन् ।

यस क्रममा उनीहरुले समाजका अग्रज व्यक्तीहरु, जनप्रतीनिधिहरु र महिला स्वयमसेवीहरुसँग सहयोग लिँदै सौराहाको गतिविधि, रहनसहन, आर्थिक, सामाजिक र राजनितिक अवस्थाको बारेमा पनि जानकारी लिएका थिए । यसै क्रममा उनीहरुले महिला सशक्तिकरणका प्रयासहरु र यसले समुुदायमा पारेको प्रभावको बारेमा पनि अन्तरक्रिया पनि गरेका छन् । विषेश गरि आफ्नो विषय अध्यायनको व्यबहारिक पक्ष अवलोकन तथा अनुुसन्धान गर्न पर्यटकीय नगरी सौराहा प्रवेश गरेका उनीहरुले थारु बस्ती र संस्कृतीको बारेमा बिस्तृत जान्ने मौका पाएको खुुसी पनि व्यक्त गरेका छन् ।

यस्तै कार्यक्रमहरु गर्ने क्रममा पर्यटकीय नगरी सौराहाको भित्रको पाटो, जंगली जनावर र राष्ट्रिय निकुुञ्जको बारेमा सुुस्क्ष्म जानकारी लिँदै र यसले स्थानीय बासीमा उत्पन्न गरेका समस्याका विषयमा पनि जानकारी लिएका थिए । विषेश गरि आफुुले समाजिक कार्य अन्तरर्गत अध्यन गरेका विषयवस्तुहरु हुबहु ब्यवहारमा उर्तानको लागि उनीहरुले सौराहामा रहेको मुसहर बस्तीका बालबालिकालाई अध्यायनका समाग्रीहरु पनि वितरण गरेका थिए ।

यस अवधिामा विद्ययार्थीहरुले जनचेतानामुुलक कार्यक्रम पनि सञ्चालन गरेका थिए । सो कार्यक्रममा समाजमा अझै पनि देख्न र सुन्नमा आएका घरेलु हिंसा, महिला हिंसा, बालविवाह लगायतका विषयसँग जोडिएर सांस्कृतिक झलकहरु पनि प्रस्तुुत गरेका थिए ।