काठमाडौँ । यस वर्षको प्रि-मनसुन सुरु भएसँगै मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी क्षेत्रको मौसम लगातार प्रभावित भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रि-मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराहृन तथा साँझ फाट्टफुट्ट वर्षा हुने जनाइएको छ । पहाडी भेगमा प्रि-मनसुनको प्रभाव देखिए पनि अन्य भूभागमा भने त्यसको असर पर्ने छैन । नयाँ प्रणाली विकास नभइसकेकाले पहाडीबाहेकका क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना नदेखिँदैने विभाागले जनाएको छ ।











प्रतिक्रिया