दार्चुला जिप दुर्घटनाः मृतक सबैको सनाखत

0
Shares

किरन धामी, दार्चुला । शुक्रबार राती जिप दुर्घटनामा परी मृत्यु भएका ११ जना मध्ये ९ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृत्यु हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका ४१ वर्षिय कल्यान सिह बडाल, सोही ठाउँ बस्ने वर्ष १५ की निर्मला बडाल, वर्ष ३८ की परुली देवी धामी, दुहुँ ४ दौला बस्ने वर्ष ५५ की अम्मरा बम, सोही ठाउँ बस्ने वर्ष ७ की आयुषा बमको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिए ।

यस्तै दुहुँ १ का २४ वर्षिय धनबहादुर बम, वर्ष ४५ की गोमती देवी बम र वर्ष ७१ की धाना देवी बम र वर्ष ३५ की मानमती भट्टको समेत सनाखत भएको उनले जानकारी दिए । दुर्घटनामा परी बैतडी जिल्ला दोगडा केदार गाउँपालिका वडा नम्बर २ सित्तडका ६० वर्षिय प्रताप बहादुर चन्द र सोही ठाउँ बस्ने वर्ष २१÷२२ की स्नेहा बमको सनाखत भएको उनले जानकारी दिए ।

जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला जादै गरेको म १ ज २८० नम्बरको जिप गाउँपालिकाको वडा नम्बर ३ को राताकाठा भन्ने स्थानमा दुर्घटना ग्रस्त भएको प्रहरीले जनाको छ । जिपमा चालक सहित १२ जना सवार रहेको खुल्न आएको छ । जिप घट्ना स्थलबाट ५ सय मिटर तल महाकाली नदि किनारमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका जिप चालक दिपक धामीलाई थप उपचारका लागी भारतको पिथौरागढ रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । मृतकको शव शुक्रबार राती १२ बजे सम्म सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना लगायत स्थानियले उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएका थिए ।