कृषकलाई प्रोत्साहन गर्न गाउँलिकाद्धारा २५० वटा मौरीका घार वितरण

0
Shares

गणेश विष्ट, भोजपुर ।

भोजपुरको पौवादुङमा गाउँपालिकाले ४ वटा वडाका स्थानियलाई मौरीको घार वितरण गरेको छ ।

गाउँपालिकाका मौरीपालन क्षेत्रका लागेका कृषकलाई प्रोत्साहन गर्ने तथा मौरीको मह वचेर आर्थिक उपार्जन गर्न सहजहोस् भन्ने उद्धेश्यले गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार मौरीपालन कृषकलाई आधुनिक घार वितरण गरेको हो ।

गाउँपालिकाकाले ७५ प्रतिशत अनुदानमा २५० ओटा मौरीघार बितरण गरेको गाउँपालिकाले अध्यक्ष किरण राईले जानकारी दिए ।

गाउँपालिकाले वडा नं– ६ ठुलोदुम्मामा ११० घार, वडा नं –४ बास्तिममा ८० घार, वडा नं ५ सानोदुम्मामा २० घार, र वडा नं –३ च्याङग्रेमा ४० घार बितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिराम भट्टराईले जानकारी दिए ।

घार गाउँपालिकाको ७ लाख ५० हजार र कृषकको २५ प्रतिशत लगानी २ लाख ५० हजार गरि १० लाखको लागत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले मौरीपालन कृषकलाई प्राविधिक तथा व्यवहारिक ज्ञान दिनको लागि तालिम समेत सञ्चालन गर्ने जनाएको छ ।