सशस्त्र प्रहरीद्वारा गाँजा,चरेश तथा कपडा बरामद

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ औराहामा रहेको खोला छेउबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागु औषध तयारी चरेस र चरेसको धुलो बरामद गरेको छ।

पोखरीयामा रहेको सशस्त्र प्रहरी बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक महेन्द्रसिंह थापाको नेतृत्वमा खटिएको टोलीले औराहा खोलाको छेउमा रहेको कल्भर्टबाट सोमबार बिहान २८ केजी सात सय ६० ग्राम तयारी चरेस र १५ केजी २८ ग्राम चरेसको धुलो बरामद गरेको हो। सोनवर्षाबाट तस्करले भरियालाई चरेस बोकाएर भारततर्फ लैजादै गरेको सूचना पाएपछि सशस्त्र प्रहरीको टोलीले आइतबार राति नै ओरिया खोलामा खटिएको थियो। तर रातभर कुरेर बस्दा पनि चरेस बोकेर आएका तस्कर र भरियालाइ फेला पार्न नसेकपछि सशस्त्र प्रहरी क्याम्पमा फर्किएको थियो।

सोमबार बिहानै फेरि ओरीया खोलामा पुगेर सर्च गर्दा खोला छेउको कल्भर्टमा लुकाएर राखिएको अवस्थामा तयारी चरेश र चरेशको धुलाको पोकाहरु फेला पारिएको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिए।

तस्कर र भरियाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।बरामद चरेश इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक पराक्रमराज भण्डारीले जानकारी दिए। यसअघि गत शनिबार पर्साकै वीरगन्जको इनर्वा्स्थित शंकराचार्य प्रवेशद्वार नजिकबाट पनि प्रहरीले चार केजी तयारी चरेससहित भारतको कोलकत्ता निवासी २९ वर्षीय मोहम्मद फैयाजलाई पक्राउ गरेको थियो।

यसैबीच भन्सार छली गरी नेपाल भित्राइएको बिभिन्न प्रकारका कपडाहरु सहस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक तीलक खड्काको नेतृत्वको प्रहरीको टोलीले उक्त कपडा बारा तथा पर्साका सीमावर्ती क्षेत्रबाट बरामद गरेको हो ।