बसको ठक्करबाट सुनाकोठीमा भारतीय बालिकाको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
शैक्षिक भ्रमणका लागि गएको बसको ठक्करबाट ललितपुरको सुनाकोठीमा भारतीय बालिकाको ज्यान गएको छ ।

बसको ठक्करबाट गम्भिर घाईते २ वर्षीया अबगाना खातूनको उपचारको क्रममा पाटन अस्पतालमा ज्यान गएको हो ।

महानगरिय प्रहरी वृत्त चापागाउँका अनुसार सुनाकोठीको बालकुमारी मन्दीरको अवलोकन भ्रमणमा आएका बा २ ख ५८९९ नम्बरको बसले ठक्कर दिएको जनाएको छ । भ्रमणका लागि कान्ती इश्वरी राज्य लक्ष्मी मावि, हनुमानढोकाका विद्यार्थी उक्त बसमा सवार थिए ।

भने ज्यान गुमाएका खातूनका आमाबुबा भने सुनाकोठीमा डेरा गरी बस्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले चालक रामबाबु खड्का र बसलाई नियन्त्रणमा लिएको जनाएको छ ।