प्रहरीलाई घुस दिने दुई जना नियन्त्रणमा

0
Shares

नेपाल समाचारपत्र, काठमाण्डौ,
महानगरीय प्रहरी वृत्त कमलपोखरीले प्रहरीलाई घुस दिई प्रभावमा पार्न खोज्ने १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाण्डौ महानगरपालिका १ नागपोखरी स्थित बा. ४१ प. ५६१५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा धुम्बाराही बस्ने रौतहटका सुरेन्द्र पासवानले प्रहरी टोलीलाई रू. ५ सय घुस दिन खोजेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसै गरी महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका–१७ क्षेत्रपाटी स्थित को.१४ प. २६२८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा काठमाण्डौ महानगरपालिका–२३ ओमवहालका राजनराज भण्डारीले ब्लुबुक भित्र १ हजार राखि घुस रकम दिएकाले नियन्त्रणमा लिएको प्रहरीेले जानकारी दिएको छ ।