नेपाल समाचारपत्र, काठमाडौं ।
लागू औषध नियन्त्रण व्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लागु औषधसहित १ जना युवालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं ३१ बस्ने ४२ वर्षीय नारायण लाल श्रेष्ठलाई विषेश सूचनाको आधारमा समातिएको प्रहरी टोलीले जानकारी दिएको छ ।
पक्रउ परेका उनीबाट लागू औषध चरेस ८ के.जि. ५०० ग्रामसहित काठमाडौस्थित भत्केको पुलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउपछि उनीविरुद्ध आवश्यक अनुसन्धान भैरहेको बताइएको छ ।











प्रतिक्रिया