सरकारले जनअपेक्षा अनुसार काम गरेन: पुर्वप्रधानमन्त्री भटराई

0
Shares

धनवीर दाहाल,रुकुम
नयाँ शक्ति नेपालका संयोजक एवं पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भटराईले एक बर्षको अवधिमा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभएको छ । अझै ४ बर्ष बाँकी रहेकोले बाँकी अवधीमा जनतासँग गरेका बाचा पुरा गर्न सरकारलाई सुझाव दिनुभयो । मेचीमहाकाली अभियान अन्र्तगत रुकुम पश्चिममा पुग्नुभएका पुर्वप्रधानमन्त्री डाक्टर भटराईले बुधबार पत्रकार भेटघाट कार्यक्रममा सो कुरा व्यक्त गर्नुभएको हो ।

जनतासँग गरेका बाचा अनुसार काम गर्नुको सट्टा सरकार साना साना कुरा अल्मलिएको आरोप लगाउनुभयो । मेचीमहाकाली अभियान अन्र्तगत मध्यपहाडी लोकमार्गमा पर्ने बिभिन्न जिल्लाको भ्रमण गर्ने सिलसिलामा पुर्वप्रधानमन्त्री भटराई रुकुम पुग्नुभएको हो ।

एक बर्षको अवधिमा गर्न सक्ने काम पनि सरकारले गर्न नसकेको भटराईको टिप्पनी छ । नेताहरूले देशलाई आर्थिक विकास समृद्धिमा लिनुको साटो भ्रष्टिकरण र फोहरीकरण गरिरहेको भट्टराईको भनाई छ । उहाँले भन्नुभयो ‘यो बेला आर्थिक विकास र समृद्धिको एजेन्डा सहित अघि बढ्नुपर्ने बेला हो । तर राजनीतिमा भ्रष्टीकरण बढ्यो, विकास र समृद्धिलाई नचिन्दा जनताले दुस्ख पाइरहेको अवस्था कायमै छ ।”

पुर्वप्रधानमन्त्री भटराईले अधिकांश सर्वसाधारण जनताको जीवन स्तर पुरानै भएकाले विकासलाई पहिलो प्राथमिकतामा राखेर त्यसलाई गति दिनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचारका धेरै प्रमाण बाहिर आइसक्दा पनि सरकार त्यसप्रति चुप रहनुले सरकारले केही गर्न खोजेको छैन भन्ने पुष्टि हुने उहाँले बताउनुभयो ।
रुकुममा नागरिक समाज, शिक्षक, बिद्यार्थी एवं सर्वसाधारणसँग अन्र्तसंवाद समेत गर्नुभएको छ ।