इस्लामाबाद (एजेन्सी)
पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले भारत प्रशासित काश्मिरको पुलवामामा सुरक्षाकर्मीमाथि भएको भिषण आक्रमणमा जाँचमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
पुलवामा विद्रोही संगठनबाट भएको आक्रमण जैश ए मोहम्मदको नाम आएपछि पाकिस्तानमाथि दबाव बढ्दै गइरहेको छ । विदेश मन्त्री कुरैसीले पुलवामा हमलाका लागि उनको देशलाई धम्की दिन नसक्ने बताए । यदी भारत उक्त घटनामा पाकिस्तानसँग कुनै प्रमाण साझा गर्छ भने पाकिस्तान छानबिनमा पुरा सहयोग गर्ने उनले बताए ।
जम्मु काश्मिरको पुवलवामामा विहिबार एक आत्मघाती बम हमलामा केन्द्रिय रिजर्व प्रहरी बल (सीआरपीएफ) का ४० सदस्यको मृत्यु भएको थियो । उक्त आक्रमणको जिम्मेवारी पाकिस्तान स्थित उग्रवादी संगठन जैश ए मोहम्मदले लिएको छ । म्युनिख सुुरक्षा सम्मेलनमा भाग लिन जर्मनी गइरहेका कुरैसीले एक भिडियो सन्देशमा भारतले बिना सोचबिचार तत्काल उक्त आक्रमणलाई लिएर पाकिस्तान विरुद्ध आरोप लगाएको बताएका थिए ।
उनले सन्देसमा भेने ( पाकिस्तानलाई जिम्मेवार ठहर्याउन सजिलो छ तर यसले समस्याको हल हुँदैन र विश्व पनि यसलाई मान्न तयार हुँदैन ।
कुरैसीको उक्त सन्देश पाकिस्तानको सत्तारुढ दल पाकिस्तान तहरिक ए इन्साफले आफनो ट्विटरमा जारी गरेको थियो । उनले भने ( हामीलाई थाहा छ, आफ्नो रक्षा कसरी गर्नु पर्छ । हामी पनि आफ्नो दृष्टिकोण विश्व सामु राख्न सक्छौं । हाम्रो सन्देस शान्तिको हो, संघर्षको होइन् ।
भारतसँग पुलवामा हमलामा पाकिस्तानको कुनै तत्वको संलग्नता बारेमा सबुत छ भने उसले पाकिस्तानसँग साझा गर्नु पर्ने मन्त्री कुरैसीले बताए । पाकस्तान पुर्ण इमान्दारी पुर्वक प्रमाण सही हो, होइन जाँच गर्ने उल्लेख गर्दै पाकिस्तान सहयोग गर्न तयार रहेको विश्वलाई बताउन चाहेको उनले बताए ।
उनले भने ( हिँसा न त हाम्रो निति थियो न त हो ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुलवामा हमलालाई लिएर उक्त घटनामा जोसुकै जिम्मेवार भएपनि उसले ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए । सुरक्षा बललाई उक्त नरसंहारको जवाफ दिन खुला छुट दिएको उनले प्रष्ट पारे । जवाफका लागि समय स्थान, र प्रकृति सेना आफैले तयर गर्ने उनले बताए ।
आर्थिक तथा कुटनितिक रुपमा एक्ल्याउने भारतको प्रयास
पुवलामामा सीआरपीएफको गस्तीमाथि भएको कट्टरपन्थी हमलापछि भारत कुटनितिक तथा राजनितिक स्तरमा पाकिस्तानलाई विश्वबाट एक्ल्याउने प्रयासमा लागेको छ । साथै उसको अर्थब्यवस्गामा पनि प्रहार गर्ने प्रयास भइरहेको छ ।
आक्रमणमा पाकिस्तान स्थित उग्रवादी संगठन जैश ए मोहम्मदको हात रहेको खुलासा भएपछि भारतले उसलाई दिइरहेको ।।। मोस्ट फवर्ड नेसन ।।। को दर्जा फिर्ता गरेको छ । यसबीच पाकिस्तानबाट आयात हुने सामानहरुमा सीमा सुल्क २ सय प्रतिशतले बढाएको छ ।
भारतले पाकिस्तानको अर्थतन्त्रलाई विश्वमा कालोसुचीमा धकेल्ने तयारी गरेको छ । विश्वभरी आतंककारीलाई कोष उपलब्ध गराउने, मुद्रा अपचलन विरुद्ध काम गर्दै आइरहेको संस्था फाइनेन्सियल एक्सन टास्क फोर्सलाई भारतले डोजियर बुझाउने र पाकिस्तानलाई कालोसुचीमा राख्न माग गर्ने बताइएको छ । गत बर्ष जुलाइमा पाकिस्तानलाई उक्त संस्थाले ग्रे लिस्टमा समावेश गरेको थियो ।
अर्को हप्ता पेसिमा एफएटीएफको बैठक हुन गइरहेको छ । बैठकका क्रममा भारतको डोजियरमा छलफल भइ पाकिस्तानलाई कालोसुचीमा राख्ने फैसला लिन सकिने अनुमान गरिएकोछ ।
सुरक्षा बल अहिलेसम्म संकलित प्रमाणका आधारमा डोजियर तयार गर्नमा लागेका छन् । भारतको तर्फबाट उक्त संस्थालाई पाकिस्तान स्थित आतंकवादी संगठन जैश ए मोहम्मदले पुलवामामा गस्ती सुरक्षाकर्मीमाथि भएको आत्मघाती हमला षडयन्त्र रचेको जानकारी गराउने छ ।
हाल उक्त संस्थाको कालोसुचीमा इरान र उत्तर कोरियालाई राखिएको छ ।
पुलवामामा गस्ती सुुरक्षाकर्मीमाथि भएको आक्रमणलाई लिएर पाकिस्तानी सन्चार माध्यमहरुले घटना प्रति खेद प्रकट गर्दै त्यसलाई रोक्न नसक्नुमा नयाँ दिल्ली माथि केही प्रश्न उठाएका छन् । भारतमा आसन्न लोकसभा चुनावमा राष्ट्र्वादको भावना फैलाई चुनाव नतिजा आफनो पक्षमा ल्याउने सत्तारुढ भाजपाको षडयन्त्र हुन सक्ने आसंका ब्यक्त गरेका छन् ।
पाकिस्तान विरुद्धको राष्ट्र्वाद भारतमा हुने सबै जसो चुनावमा अहं नारा हुने गरेको छ । उक्त घटनालाई लिएर पाकिस्तान विरुद्ध हुने नयाँदिल्लीबाट हुने सम्भावित कुनै पनि जवाफी कारवाहीले भाजपालाई चुनावी लक्ष्य हासिल गर्न सहज हुने अखबारहरुले जनाएका छन् ।
प्रतिक्रिया