जापानमा समलिंगी जोडीको कानुनी संघर्ष


टोक्यो,(एजेन्सी)
जापानका तेँह« जोडी समलिंगीले विवाह गर्न पाउने अधिकारको माग गर्दै विहिवार जापान सरकार विरुद्ध कानुनी कारवाही शुरु गरेका छन् । तिनीहरुले आफुहरुलाई विवाह गर्न बन्चित गरिएबाट आफुहरुको संवैधानिक अधिकारी उल्लंघन भएको भन्दै प्रतिकात्मक क्षतिपुर्तिको माग गरिरहेका छन् ।
अदालतले समलिंगी विवाहलाई सहमति दिनु भनेकै भविष्यमा यसले कानुनी मान्यता पाउनु हो । मत सर्भेक्षणहरुबाट अधिकांश समलिंगी विवाहको पक्षमा देखिए पनि जापान सरकारले अझै सम्म यसलाई अनुमति दिएको छैन । यि १३ समसलंगी जोडीले भ्यालेन्टाइन्स डेमा जापानका विभिन्न शहरका अदालतहरुमा यस सम्बन्धमा मुद्धा दायर गरेका हुन् ।

सो जोडीमा जापानका ४० वर्षिया आइ नाकाजिमा र ३१ वर्षिया जर्मन टिना बाउमान पनि रहेका छन् । सन् २०११ मा जर्मनी शहर वर्लिनमा भेटे यता यो जाडी संगै बस्दैआएका छन् ।

जर्मनीमा केहि वर्ष बसेपछि तिनीहरु जापानमा आएका हुन् । नाकाजिमाले यस मामिलामा जापान तुलनात्मक रुपमा धेरै संकुचित र रुढीवादी रहेको बताएकीछिन् । जापानमा अधिकांश समलिंगीहरुले आफ्ना वास्तविकता परिवार , पार्टनर र साथीभाइबाट लुकाउने गरेका छन् ।

जापान परम्परालाई निक ैमान्ने मुलुक भएपनि थुपै्र युवा पिढंले समलिंगी सम्बन्धको खुल्ला रुपमा समर्थन गर्ने गरेका छन् । सन् २०१५ यता केहि जापानी शहरले समलिंगी दम्पतीहरुलाई प्रमाणपत्र बाँड्न थालेका छन् । नाकाजिमा र बाउमानले जर्मनीमा कानुनी रुपमा विवाह गरेका थिए ।

तिनीह्रुले हाल आफहरु वसोवास गर्ने योकोहोमा पनि उक्त विवाहको मान्यताका लागि निवेदन दिएका थिए । तर तिनीहरुको आशा विपरित जर्मन विवाहले मान्यता पाउन सकेन ।