मेक्सिको पर्खाल प्रकरण: ट्रम्पको संकटकाल अधिकार प्रयोग गर्ने घोषणा


वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी राष्ट्र मेक्सिकोसंग जोडिएको सिमानमा अग्लो पर्खाल निर्माणका लागि आवशयक खर्च जुटाउन आफुले संकटकाल अधिकार प्रयोजन गर्ने पुष्टि गरेका छन् ।

सो पर्खाल निर्माण योजना ट्रम्पले चुनाव पैचार प्रसाबेला देखि नै राजनीतिक मुद्धा र प्रतिवद्धताबनाएपनि डेमोक्रेटहरुले यसलाई ‘ अधिकारको पुर्ण दुरुपयोग ’ को संज्ञा दिँदै आएका छन् । तर पछि कंग्रेसले सो निर्माण खर्च दिन अस्विकार गरेपछि ट्रम्पले सरकारी कामकाजका लागि समेत खर्च रोकिदिएका थिए ।

वरिष्ठ डेमोक्रेटहरुद्वार ट्रम्पको पछिल्लो कदम विरुद्ध अदालतमा चुनौति दिने बताएका छन् । ट्रम्पको यस घोषणासंगे अब उनले आफ्नो परियोजनाका लागि अर्वौं अमेरिकी डलर पाउन सक्नेछन् ।

अमेरिकोको वासिंगटन डिसी स्थित राष्ट्रपति भवन व्यहाइट हाउसको रोज गार्डेनमा सो ऐतिहासिक घोषणा गर्ने क्रममा ट्रम्पले संकटकाल अधिकार मार्फत आफुले झण्डै आठ अर्व डलर पाउन सकने खुलासा पनि गरेका छन् । सो रकम सेनाको निर्माण परियाजनाहरु र लागुऔषध व्यापार विरुद्धको अभियानका लागि छुट्याइएको खर्चबाट जुटाइने बताइएको छ ।

राजनीतिक विज्ञहरुका अनुसार राष्ट्रिय संकटकाल घोषणा भएको अवस्थामा अमेरिकाका राष्ट्रपतिले केही विशेषाधिकार पाउँछन् । फलस्वरुप उनले सजिलैसंग कुनै पनि राजनीतिक प्रक्रियालाई बाइपास गर्न सक्छन् ।