तान्जानियमा विधायिकाद्वारा सिस्नमुन्डनको समर्थन


दादोमा,(एजेन्सी)
तान्जानियाका एकजना महिला विधायकले आफ्ना सहकर्मि पुरुषहरुले सिस्नमुन्डन गरेका छन् कि छैनन् भन्ने परिक्षण गरिनुपर्ने बताएकी छिन् । यसरी सिस्न मुन्डन गर्नाले एचआइभी सर्ने खतरा घट्ने मान्यता रहेको छ ।

विधायिका ज्याकलिन गोन्यानीले सिस्न मुन्डन गरिनसकेका विधायकहरुलाई यस प्रक्रियामा लगिनु पर्ने विचार व्यक्त गरेकीछिन् । तर उनको सुझाव उनका सहकर्मिमाझ विभाजित भएको छ । तान्जानियामा एचआइभी जनस्वास्थ क्षेत्रको ठूलो चुनौतिको रुपमा रहेको छ ।

तर पुरुष जनसंख्याको करिव ७० प्रतिशतले सिस्न मुन्डन गरेको पाइएको छ । तान्जानियाको कूल जनसंख्याको झण्डै ५ प्रतिशत एचआइभी संक्रमित रहेको विश्वास गरिएको छ ।

सन् २०१६ को तथ्यांक अनुसार विश्वकै सबैभन्दा बढि एचआइभी ग्रस्त मुलुकको सुचिमा तान्जानिया १३ औं स्थानमा रहेको छ । विश्व स्वास्थ संगठन – डब्ल्युएचओ ) का अनुसार सिस्न मुन्ड गर्नाले महिला र पुरुष दुवैसंग यौन समपर्क राख्ने पुरुषहरुबाट एचआइभी सर्ने खतरामा करिव ६० प्रतिशतले कमि आउने जनाएको छ ।

एचआइभी महामारी विरुद्ध संघर्षरत थुप्रै अफ्रिकी मुलुकहरुले पुरुषहरुलाई शल्यक्रिया मार्फत लिंगको अग्रभागको छाला काटेर फाल्ने कार्य अर्थात सिस्न मुन्डनका लागि प्रोत्साहित गरिरहेका छन् ।

राष्ट्रमा कसरी इचआइभी फैलिन नदिने भन्नेबारे संसदमा बहश चलिरहेकोबेला गोन्यानीले सो प्रस्ताव अघि सारेकी थिइन् । तान्जानियाको छिमेकी मुलुक केन्यामा सन् २००८ मा केहि वरिष्ठ राजनीतिज्ञले स्वेच्छाले सिस्न मुन्डन गराएका थिए ।