मानव नियन्त्रण बाहिरको हतियार प्रतिवन्धमा जोड


वासिंगटन,(एजेन्सी)
विश्वका बैज्ञानिकहरुको एक समुहले आर्टिफिसियल इन्टेलिजेन्स ( एआइ )बाट नियन्त्रित हुने हातहतियारको विकासमाथि प्रतिवन्ध लगाउन शनिवार आब्हान गरेको छ ।

सो समुहले स्वचालित हतियारको दरुपयोग हुँदा अप्रतयासित ढंगले निर्दोष मानिसहरु मारिने खतरनाक संभावना रहेको पनि जनाएको छ । आचार संहिता विशेषज्ञहरुले पनि कुनै पनि मानव हस्तक्षेप बिना एआइ प्रणालीबाट हत्या गराइनु नैतिक पराकाष्ठा नाघ्नु हो भनेका छन् ।

अमेरिकाको वासिंगटन डिसीमा भएको विज्ञान प्रगतिका लागि अमेरिकी संगठनको बैठकको क्रममा यो प्रसंग निस्केको हो । विश्वका पचासवटा मुलुकका ८९ वटा गैर सरकारी संघ संगठन मध्ये एक मानव अधिकार निरानी ( एचआर डब्ल्यु ) लगायतकाले अन्तर्राष्ट्रिय हातहतियार समझौतालाई दवाव दिन र किलर रोवोट रोक्न अभियान चलाउने भएका छन् ।

विश्वव्यापि रुपमा यो प्रतिवन्त्र कार्यान्वयनका लागि प्रयासरत एचआरडब्ल्युका अध्यक्ष म्यारी वेरहयामले बताएकीछिन् , ‘ विश्वमा आफ्नो रजाईं चलाउने हिँड्ने र बोल्ने मानव यन्त्र अर्थात रोवोट हत्याराहरुको नभई मानिसको विवेकको नियनत्रणमै नरहने आम विनाशकारी शक्तिशाली प्रत्यक्ष हतियार प्राणालीबारे कुरा गरिरहेका छौं ।

उदारहरणका लागि सानो मानव रहित हतियारधारी ड्रोन िवमानलाई लिन सकिन्छ । ’