नयाँदिल्ली,(एजेन्सी)
भारत अधिनस्थ काश्मिरमा विहिवार एउटा सैनिक सवारी साधनमाथि लक्षित आत्मघाती बम आक्रमण हुँदा कम्तिमा अठारजना भारतिय अर्ध सैनिक अधिकारीको ज्यान गएको प्रहरीले विविसिलाई जानकारी गराएको छ ।
प्रहरीले काश्मिरको राजधानी श्रीनगरमा विस्फोटक पदार्थले भरिएको एउटा कार ति अधिकारीहरु लिएर गइरहेको एउटा बसमा ठोकाइएको बताएको छ । पाकिस्तान स्थित इस्लामिक समुह जइस ए मोहमदले यस बम आक्रमणका जिम्मेवारी लिएको छ ।
काश्मिरमा दुई दशक यता सुरक्षा फौजमाथि भएको यो सबैभन्दा भयानक आक्रमण भएको बताइएको छ । श्रीनगर शहर देखि करिव २० किमि टाढाको कडा सुरक्षा प्रवन्ध गरिएको श्रीनगर –जम्मु राजमार्गमा यो आक्रमण भएको हो ।
एकजना वरिष्ठ प्रहरी अधिकारीले विविसि उर्दुका पत्रकार रियाज मसरुरलाई भनेका छन् , ‘ घटनाकाबेला कति वटा सैनिक सवारी साधन सो राजमार्गबाट गइरहेको भन्ने स्पष्ट भइसकेको छैन ।
एउटा कारले ओभरटेक गरेर ४४ जना सैनिक सवार बसमा ठोकाएको हो । अन्य दर्जनौ घाइतेको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्ने संभावना रहेको छ । काशिमरका दुई पुर्व मुख्यमन्त्री ओमार अब्दुल्लाह र मेहवुवा मुफ्टीले टिवट गर्दै यस घटनाका ेभत्सर्ना गरेका छन् ।
यसैबिच इरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा बिसजना रिभोलुश्नरी गार्डको मृत्यु भएको इरानको सरकारी संचार माध्यमले विहिवार जानकारी दिएको छ ।
ति आक्रमणकारीले सिस्तान–बलूचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुश्नरी गार्डलाई लिएरजाँदैैं गरेको बसलाई लक्षित गरी विस्फोट गराएका हुन् । इर्ना समारचार निकायले यस घटनामा अन्य बिसजना सुरक्षाकर्मि घाइते भएको पनि जनाएको छ । सुन्नी मुस्लिम उग्रवादी समूह जैश अल–अद्लले यो हमलाको जिम्मेवारी लिएको छ ।
जैश अल–अद्ल समूहले सन् २०१२ मा उनीहरु इरानको सुन्नि मुश्लिमको अधिकारका लागि लड्ने भन्दै हतियार उठाएका थियो । संगठनले देशको शिया सरकारले सुन्निहरुलाई भेदभाव गर्ने आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया