वार्ताको लागि अपहरण शैलिमा लगियो गण्डकी मेडिकल कलेजका विद्यार्थि

0
Shares

विजय नेपाली, पोखरा ।
विगत १५ दिन देखि आन्दोलनरत गण्डकी मेडिकल कलेजका विधार्थिलाइ कलेजले अपहरण शैलीमा वार्ताको लागि लगेका छन ।
कलेजका प्राध्यापक रविन्द्रप्रसाद श्रेष्ठ, सि।ए।ओ कृष्ण घिमिरे, लेखापाल युवराज शर्मा, परिक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मा, त्रिभुवन विश्वविद्यालय प्रतिनिधि तिलक पौडेल, कलेजका कृष्ण पौडेल, दिनेश पौडेल लगायतले कलेजका सात जना विधार्थिलाइ कलेजको गाडिमा अनौपचारिक रुपमा पोखराको हेम्जा तिर लगेको हो ।

ू हामिलाइ वार्ताको लागि भन्दै कलेजबाट धेरै टाढा लगियो, गाडी चालक बारम्बार फोन सम्पर्कमा अघि बढ्न थाल्यो, हामिलाइ दुई बजे कलेजबाट लगेका थिए, कहाँ लान लागेको भन्दा चालकले समेत थाहा छैन भन्नुभयोू एक विधार्थीले बताइन । केही समय गाडिमै घुमाए पछि उनिहरुलाइ बल्ल वार्ताको लागि राखेका थिए । विधार्थीहरुको मुख्य माग प्रती कलेजले चासो देखाएको देखिदैन । आन्दोलनरत विधार्थिले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारे पनि कलेजले भने आकस्मिक सेवा समेत विधार्थिले बन्द गरेको भन्दै भ्रामक प्रेस विज्ञप्ति निकालेका छन ।

उक्त विषय प्रति विधार्थीले भने भत्सर्ना गरेका छन ।ू हामी अचम्मित भएका छौ, हामिले इमर्जेन्सी समेत बन्द गरायौ भनेर प्रेस विज्ञप्ति आएको रहेछ, विधार्थी भन्दै केहिले ताला लगाउन खोज्दा हामिले नै रोकेका छौू परिर्वतन भाटले भने, आकस्मिक सेवा सुचारु हुदा हुँदै समेत बन्द भएको भने विज्ञप्ति निकाल्नुमा कलेजले ठुलै अनियमितता गरेको हो कि भन्ने प्रश्न उठाउछ । विधार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्नु पर्ने माग राख्दै १५ दिन देखि आन्दोलनमा होम्मिएका विधार्थीहरु सङ्ग औपचारिक र अनौपचारिक गरि चार पटक सम्म बार्ता बस्दा समेत कलेजले शुल्कको विषयमा कुरा गर्न नचाहेको मेडिकल विद्यार्थी प्रवीण गौतमले बताए ।

हामिले जिल्ला प्रशासन कार्यालयमा समेत शुल्क अनियमितताको प्रमाण संगै ज्ञापनपत्र समेत बुझाएका थियौ तर त्रिभुवन विश्वविधालय अनुगमन विभागले नै गर्ने प्रावधान रहेछ, माथी कुरा गर्दा के आधारमा गर्ने भनेर भन्छन उनले सुनाए ।
कलेजले अतिरिक्त शुल्क लिने गरेपनी आधिकारिक बिल भने दिने गरेको देखिदैन ।

विधार्थिलाई मानसिक रुपमा तनाव दिने किसिमले वार्ताको लागि भन्दै कलेजबाट विना जानकारीनै अपहरण शैलिमा लैजानुले ठूलो दुर्घटना निम्त्याउन सक्ने समेत देखिन्छ । यसरी अपहरण शैलीमा लैजादा समेत सरोकारवाला निकाय मौन बस्नुले शिक्षाको नाममा करोडौं रुपैयाँको हिनामिना भएको हो कि भन्ने समेत देखाउछ ।

वि।एम।एच दोस्रो वर्षमा अध्ययन गर्दै गरेकी रविना मिश्र भन्छिन ूमैले नत बसको सेवा लिएछु नत होस्टेल नै बस्छु तर पनि सुरक्षा र यातायातको समेत रकम लिने गरेका छन मन्त्रालयले नै कलेजले विद्यार्थीसंग कुनैपनि शुल्क लिन नपाउने निर्णय गरेको छ, तर पनि लिन्छनू ।

अस्ति पनि वार्ताको लागि भन्दै हामि सात जनालाइ गाडिमा हालेर लगियो, कहाँ लान लागेको थाहा भएन, चालकलाइ मामा कहाँ हो वार्ता भनेर सोधपुछ गर्दा उहाँले समेत थाहा छैन भन्नू भयो, हेम्जाको राजमार्गमा धेरै बेर गाडी त्यसै रोकेर राखियो, जता ततै सुनसान थियो, अरु सवारिको समेत आउने जाने भएको थिएन, डर लागिरहेको थियोू उनले भनिन । अर्का विधार्थी परिवर्तन भाटले पनि उहीँ कुरा सुनाए ।

एमविविएस तेस्रो ब्याचको वार्षिक परिक्षा फागुन ११ गते बाट हुने भएपनी कलेजका ८३ जना विधार्थिले फारम भरेका छैनन । अत्यन्तै संवेदनशिल क्षेत्रमा भएको यो गतिविधिले नेपाल सरकारलाइ नै प्रश्न खडा गरेको छ । यस विषय प्रती सबैको ध्यान जान आवश्यक छ । यो कलेज एउटा उदाहरण मात्र हो ।राज्यमा स्वास्थ शिक्षाको नाममा ब्राह्मलुट भएका धेरै छन माफियाहरुको धम्किले गर्दा विधार्थीहरु खुलेर आउन सकेको देखिदैन ।

त्रिभुवन विश्वविद्यालय काडमाडौँ भन्दा बाहिर एविविएस पढ्ने विद्यार्थीको लागि ४२ लाख ४८ हजार रुपैयाँ विश्वविद्यालयले तोकेको छ । जसअनुसार पहिलो किस्तमा ५० प्रतिशत र दोस्रो र तेस्रो किस्तामा २५ प्रतिशत रकम बुझाउनुपर्ने हुन्छ । तर गण्डकी मेडिकल कलेजले भने त्यो भन्दा बढी रकम असुल्ने गरेको देखिन्छ ।

यस विषयमा कलेजका अध्यक्ष खुमा अर्याल सङ्ग फोन सम्पर्क गर्ने प्रयास गरेपनी उनले सम्पर्क काटिदिए ।
रासस