२५ डीएसपी एसपीमा र १४ एसपी एसएसपीमा बढुवा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रहरी प्रधान कार्यालय काठमाडौँले २५ जना डीएसपीलाई एसपीमा र १४ जना एसपीलाई एसएसपीमा बढुवा गरेको छ ।
शनिबार साँझ प्रहरी प्रधान कार्यालयमा गृह सचिव, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालससहित बसेको बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

डीएसपीबाट एसपीमा बढुवा हुनेहरुमा रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, बिनोद सिलवाल, भिम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, बिमल कडेल, कमल थापा, जनार्दन जिसि, कृष्ण कोइराला, सन्तोष खड्का, दान मल्ल, रन्जु सिग्देल, अनुपम राणा, श्याम महतो, कृष्ण पङेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी, वीर बुढा रहेका छन् ।

त्यस्तै एसपीबाट एसएसपीमा बढुवा हुनेहरुमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुवर, भिम ढकाल रहेका छन् ।

प्रहरीको प्रधान कार्यालयले खाली रहेको एसपी र एसएसपी पदमा पूर्णरुपमा पदपुर्ति गरेको छ।

तर एक जनाको लागि डीआईजीमा पद खाली भएतापनि डीआईजीमा कसैको बढुवा भएको छैन ।