स्थानीय र प्रहरीबीच झडप, स्थिति नियन्त्रण गर्न प्रहरीद्धारा २० राउण्ड हवाई फायर

0
Shares

नेपाल समाचारपत्र, सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिका स्थित ईलाका प्रहारी कार्यालय कपिलाकोटमा अभियुक्त पक्ष र प्रहरी बिच झडप भएको छ । अभियुत्त पक्षले प्रहरिमाथी ढुङगा मुडा गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यलयका डिएसपि लोकदर्शन थापाले जानकारी दिए ।

स्थानीयहरूबीच भएको विवादका क्रममा दुई जनालाई केही दिन अघि प्रहरी पक्राउ गरेको र शनिबार पुनः एक जनालाई पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको हो। स्थानीयले पक्राउ गरेकालाई रिहाइ गर्न माग गर्दै इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

प्रहरीले २० राउन्ड हवाई फायर गरेको छ । थप विवरण आउन बांकी छ ।