गाउँपालिका अध्यक्ष नेम्बाङ्गको निधन

0
Shares

पाँचथर ।
गाउँपालिकाका अध्यक्ष अमर नेम्बाङ्गको निधन भएको छ । फाल्गुनन्द गाउँपालिकाको कार्यक्रमलाई सम्बोधन गर्दा बेहोस भएपछि उपचारका लागि इलाम अस्पताल लादै गर्दा उहाँको निधन भएको हो ।

पाँचथरको पौवासारताका नेम्बाङ्ग पञ्चायतकालमा चार कार्यकाल प्रधानपञ्च, २०४६ पछि दुई कार्यकाल पौवा सारतापको अध्यक्ष रहनु भएको थियो । साथै पञ्चायतमा एक कार्यकाल जिल्ला पञ्चायतको उपसभापति हुनुहुन्थ्यो ।

साहित्यमा समेत कलम चलाउँदै आउनु भएका उहाँको ‘सम्झनाका तरेलीहरु’ निबन्ध संग्रह, ‘अमेरिका भ्रमणका केही संझना’ नियात्रा, ‘एउटा साँझको अवसान’ कविता संग्रह प्रकाशित छन् । नेम्बाङ्गलाई सरकारले यहीँ वर्ष नेपाल विद्या भूषण चौंथोद्वारा विभूषित गरेको थियो ।