एनसेलले मुद्धा हार्यो, ६० अर्ब तिर्नुपर्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतले स्वामित्व बिक्रीमा पुँजीगत लाभकर तिर्न मोबाइल सेवा प्रदायक एनसेल र आजिएटालाई परमादेश दिएको छ ।

प्रधानन्यायधीश चोलेन्द्रशम्शोर राणासहित ५ जना न्यायाधीश सम्मिलत पूर्ण इजलासले एनसेल बिक्री हुँदाको ६० अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर तिर्न परमादेश जारी गरेको हो ।

सोमबार, मंगलबार र बुधबार ३ दिन लामो सुनुवाइपछि प्रधानन्यायाधीश राणाले गठन गरेको पूर्ण इजलासले परमादेश जारी गरेको हो । बिभिन्न बहाना बनाउदै एनसेलले उक्त रकम नतिर्ने प्रपन्च रहेको थियो ।