नगरपालिकाको रकम दुरुपयोगः लोकसेवा कक्षा कमिसनको प्रलोभनले झारो टराई

0
Shares

ललित सिंह, बझाङ ।
जयपृथ्बी नगरपालिका वडान. १० का युवा उद्धमी नरेन्द्र खड्का आफ्रनो फेसबुकमा स्टार्टस् पोष्ट गरेर भन्नु हुन्छ हामी पढ्लेख गरेको जान्ने बुझ्ने मान्छेको त आखाँमा छारो खुलीयम हाल्छन् भने सोझा ग्रामीण भेगमा बस्दै आएका जनतालाईत सोझै ब्रम्लुट गदै आएको देखिन्छ । नगरपालिकाले आफ्रनो आन्तरिक राजश्व बढाउनकोलागी सोझा जनताबाट चर्को कर , कुनै पनि सिफारीसमा बढी पैसा लाग्छ भनेर ब्रम लुटपाट गरेको आरोप लागेको छ । सोझा गरीब जनताकै पसिनाबाट संकलन गरेको पैसाले आफु नजिक्कको ब्यक्तिलाई कुनै कार्यक्रम दिएर कमिसनको भरमा आलटाल गरिरहेका छन् ।

जयपृथ्बी नगरपालिका भित्र रहेका पढेलेखेका बेरोजगार युवा महिलाहरुलाई रोजगारीमा पहुँच बृद्धी गर्नका लागि यस बर्ष नगरपालिकाले संचालन गराएको लोकसेवा कक्षाको तालीम झारोटार्ने काम जस्तै गरेको छ । नगरपालिकाले पौष महिनाको अन्तिम साता लोक सेवा कक्षाको एक हप्ता प्याकेज बनाएर स्थानिय २५ जना महिलाहरुलाई लोक सेवा कक्षाको तालिम दिए पनि यो खास्सै उपलब्धी नभएको स्थानियले गुनासो गरेका छन् ।

नगरपालिकाले गोप्पे रुपमा आफ्नो ब्यक्तीगत सम्बन्धका आधारमा बैतडी जिल्लाको लालिगुँराँस साँस्कृतीक तथा पर्यटन विकास केन्द्रलाई कक्षा संचालनको जिम्मा दिएको थियो । तिन महिना सम्म संचालन गर्नु पर्ने लोक सेवा कक्षालाई एक हप्तामा नै कसैलाई जानकारि नदीएर समापन गरे पछि स्थानिय समाजीक संघ संस्थाहरुले यसकार्यको विरोध गरेका हुन । नासु तथा खरिदार तहको लोक सेवा कक्षा संचालनका लागि जयपृथ्वी नगरपालिका बाट यो आर्थिक बर्षमा खर्च हुने गरि ३ लाख रुपैया बजेट विनियोजन गरेको भएपनि नगरपालीका भित्रका कर्मचारी प्रशिक्षक भएर तालीममा अनावस्यक खर्च गरी रकमको दुरुपयोग गरेको वताउन्छन् ।

नगरपालिका भित्र विभिन्न सामुदायिक संघ संस्था हुँदा हुदै पनि किन बैतडी जिल्लाको संस्थालाई कक्षा संचालन गर्ने जिम्मा दिईयो ? चैनपुरमा ट्युसन सेन्टर संचालन गरि रहेका युवा नरेन्द्र खड्काले भने कमिसन खाएर बाहिर जिल्लाको संस्थालाई काम दिएको हुनु पर्छ ।

कक्षा संचालनका लागि नगरपालिकाले बैतडी जिल्ला लालिगुँराँस साँस्कृतीक संस्थाका दयानन्द जोशी संग सम्झौता गरि काम गराएको जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहिले बताए । उनले भने “कार्यक्रम संचालन गर्न संस्था छनौटका लागि सुचना त गरिएन, तर नगरपालिका भित्रका ११ वटै वडा बाट २।२ जना गरि २२।२३ जना सहभागिहरुलाई सात दिन सम्म होटेलमा खाना खर्च, प्रशिक्षक भत्ता र सहभागि भत्ता गरेर ३ लाख रुपैया खर्च भएको छ । सस्था छनौटका लागी निर्देशनात्मक आदेश आए पछि आफुले सम्झौतागर्न लगाएको पनि उनले भने ।

तर यस अघि तत्कालिन जिल्ला विकास समितिले लोक सेवाका कक्षा संचालनका लागि तिन महिनाको प्याकेज बनाएर जिल्लाका क्षमतावान कर्मचारिहरु बाट तयारी कक्षा दिएको हुदाँ तालीम लिएका चार पाँच जनाले लोकसेवामा पनि पास भएका थिए । जिल्लाका संस्थाहरुलाई बेवास्ता गरेर बैतडीको संस्थालाई कक्षा संचालनको जिक्मा दिने जयपृथ्वी नगरपालिकाकी उप प्रमुख जुना जाग्रीको हात रहेको नगरपालीका स्रोतले जनाएको छ ।

पहिले जनप्रतिनीधि आए पछि हाम्रो नगर सफा ,सुन्दर र बिकासिय नगर होला भनेर आश मानेका जनतालाई अहिले त जस्ले कमिसन दियो ,उसैको र जनप्रतिनिधिहरु र कर्मचारीको मात्र नगर भए जस्तो अनुभब भएको नगरवासिको गुनासो रहेको छ । यसरीनै जनताको करबाट आएको पैसाको दुरुपयोग गदै जादाँ सम्म पनि सम्बन्धीत सबै निकायले ध्यान दिन आवश्यक देखिन्छ ।