पूर्वरानी कोमलको जन्मोत्सव झापामा

0
Shares

काठमाडौं, (नेस)
पूर्वराजा ज्ञानेन्द्र शाह आज बुधबार झापा जाने हुनुभएको छ। करिब डेढ साताअघि सिमरा पुग्नुभएका उहाँ करिब तीन साताका लागि झापा जान लाग्नुभएको हो।

उहाँका साथमा पूर्वरानी कोमल र निजी सचिव सागर तिमल्सिनालगायतका टोली झापा जान लागेको होे। निजी सुरक्षाकर्मी र कारगेटसहित ५ वटा सवारी साधन पनि साथमा हुनेछन्।

उहाँ बिहान १० बजे सडक मार्गबाट झापा जान लाग्नुभएको हो। झापा पुग्नुअघि उहाँ मध्यतराईका विभिन्न जिल्लामा राजावादीले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। झापामा केही राजनीतिक भेटघाट गर्ने र फागुन ७ गते पूर्वरानी कोमलको जन्मोत्सव मनाउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ। कोमलको जन्मोत्सव मनाउन सबै आफन्त झापा जाने कार्यक्रम रहेको छ।