नागरिक बडापत्र च्यात्ने पक्राउ

0
Shares

भक्तपुर,
सूर्यबिनायक नगरपालिका-७ गुन्डुस्थित वडा कार्यालय अगाडि राखिएको नागरिक बडापत्र च्यात्ने कार्यमा संलग्न सोही नगरपालिका बस्ने ३६ वर्षीय निशान थापामगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नागरिक बडापत्र च्यातेर फोहोर फाल्ने डस्टबिनमा जलाएको र लैंगिक हिंसा सम्बन्धि ब्यानर समेत च्यातिएको अवस्थामा फेला परेको जानकारी प्राप्त भए पश्चात खटिएको प्रहरीले खोजी गरी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।