मादक पदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा दुई प्रहरी निलम्बित

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर ।

अत्यधिक मादक पदार्थ सेवन गरेर तीब्र गतिमा मोटरसाइकल चलाएको आरोपमा दुई जना प्रहरी निलम्बनमा परेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंमा कार्यरत जवान मिलन ढुंगाना र महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा कार्यरत मनोज धमलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार साँझ अनियन्त्रित रुपमा मोटरसाइकल चलाइरहेको भन्दै भक्तपुर प्रहरी परिसरमा खबर भएको थियो ।

लगत्तै, चेकजाँचका क्रममा मनहरा खोलानजिक उनीहरु समातिएका थिए । त्यहाँ उनीहरुले डियूटीमा रहेका प्रहरीसँग पनि अपशब्द बोलेको कुरा खुलासा भएको छ ।

निलम्वीत दुवैलाई भक्तपुर प्रहरी परिसरमा राखिएको छ ।