पुर्वमन्त्री बस्नेतलाई ४ लाख खाएको आरोप, यौन प्रस्ताव समेत राखेको खुलासा

0
Shares

सरिता चलाउने, सल्यान ।

पूर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले आफ्नै कार्यकर्तालाई यौन प्रस्ताव सहित ४ लाख रकम ठगेको आरोप लागेको छ । संघिय प्रतिनिधिसभाका सांसद समेत रहेका बस्नेतलाई आफ्नै कार्यकर्ताको ४ लाख रकम सापट लिएर नदिएको आरोप लागेको छ ।

माओवादी कार्यकर्ता सल्यान बाचौर नगरपालीका ८ की महिमा खत्रीबाट मन्त्रीले २०७४ असोज ११ गते लिएको ४ लाख सापट पैसा अहिले सम्म नदिएको र माग्दा धेरै पटक यौनजन्य क्रियाकलापमा केन्द्रीत गरेर भेट्न समेत बोलाएको आरोप लगाएकी हुन । उनले यौनजन्य क्रियाकलापमा आफुले असहमति जनाएपछि पैसा नदिने धम्की दिँदै आएको भन्दै सामाजिक संजालमा पत्र लेखेकी छन् । आँफुले पटक पटक पैसा माग्दा पुर्वमन्त्री बस्नेतले यौन सम्बन्ध राख्ने उदेश्यले कुनै बेला एक्लै काठमाडौं, नारायणगढ बोलाएको समेत उनले खुलाएकी छन् ।

यता संसद बस्नेतले भने यसको कुनैपनि आधार नै नभएको र आर्थिक कारोबार र लेनदेनको भन्दापनि राजनीतिक रूपमा चरित्रहत्या गरेर संकट टार्न खोजेको मन्त्री बस्नेतले बताएका छन । उनले आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै यो अनावश्यक कुरा भएकाले साइवर क्राइममा जानुपर्ने बताएका छन ।

पैसा माग्दा आफुलाई वडा सदस्य बनाइदिने र बागचौर नगरपालिकामा चुनाव लडनु पर्छ भन्दै प्रलोभन देखाएको समेत उनले आरोप लगाएकी छन् । आफुले उक्त कुराको अस्वीकार गरेपछि पैसा नदिएको उनले बताईन ।
उनले आफुले सबै प्रमाण जुटाउन सक्ने बताएकी छन् । उनले भनिन्, ‘मैले न्यायको लागि सबै ठाउँ भने कसैले वास्ता नगरेपछि बाध्य भएर फेसबुकमा स्टाटस पोस्ट गर्न बाध्य भएकी छु ।’

दुःख गरी व्यापार व्यवसाय बाट २–४ लाखको कारोबार गरी व्यवसायी साथीहरू सँग लिएको पैसा नदिने र उल्टो एकान्तमा भेट्ने बोलाएर अस्मितामा नै गिद्दे नजर लगाउने बस्नेतका कर्तुक बाहिर ल्याएर न्याय पाउन बाध्यताका साथ पत्र लेखेको उनले बताएकी छन् ।

उनले लेखेकी छन, ‘आफ्नै घरमा पुगेर मैले त्यसवेला दिएको पैसा अहिले आएर तिम्रो र मेरो कुन आर्थिक कारोबार छैन भन्दै मेरो पैसा नदिने धम्की दिँदै आउनु भएको छ । त्यति मात्रै होइन म पुर्व मन्त्री पनि हँु तीमीले जानेको गर म दिन्न भन्दै धम्काउदै आउनुभएको छ ।’

यता संसद बस्नेतले भने यसको कुनैपनि आधार नै नभएको र आर्थिक कारोबार र लेनदेनको भन्दापनि राजनीतिक रूपमा चरित्रहत्या गरेर संकट टार्न खोजेको मन्त्री बस्नेतले बताएका छन । उनले आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै यो अनावश्यक कुरा भएकाले साइवर क्राइममा जानुपर्ने बताएका छन ।