डा.केसीले अनसन तोड्ने प्रवल सम्भावना

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
अनसनरत डा. केसीले अनसन तोड्ने प्रवल सम्भावना देखिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित नागरिक समाज अगुवाहरु, माथेमा आयोगका प्रतिनिधि, मानव अधिकार आयोग लगायतको टोली अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा वार्ता गरिरहेका छन् । तर, डा. केसीले भने अनसन तोड् मानेका छैनन् ।

कार्कीसँगै पूर्वसभामुख दमननाथ ढुंगानालगायतले अपील जारी गर्दै कमजोर स्वास्थ्य अवस्थाको ख्याल गर्दै अनसनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् । आमरण अनसन अन्त्य गरी यहाँले जारी राख्ने सत्याग्रहको अन्य स्वरुपमा हाम्रो ऐक्यवद्धता रहने जानकारी गराउँछौं’ अपीलमा भनिएको छ । नागरिक समाजका अगुवाहरुले सम्वाद गर्नुका साटो प्रतिकारको बाटो लिएको सरकारको आलोचना गरिएको छ ।

उनीहरुले डा. केसीको जिवन रक्षाको लागि आज अनशन तोडाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अहिले उनीहरुले टिचिङ अस्पतालमा वार्ता गरिरहेको बताइएको छ ।
यसअघि सरकारले पनि अनसनरत डा. केसीको माग सम्बोदन गर्नका लागि वार्ता अगाडी बढाएको बताएको थियो ।