दुई राप्रपाको एकिकरण, महाधिवेशन सम्म दुई अध्यक्ष रहने

0
Shares

नेपाल समाचारापत्र, काठमाडौं ।

पशुपति शमसेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एकिकरण गरि राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त) गठन भएको छ ।

शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि राणा र लोहनीको पार्टी एकिकरण गरिएको हो । पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सामेक्ष हिन्दुराष्ट्र, राजसंस्था सहितको प्रजातन्त्र, उदार अर्थतन्त्र र असलग्न परराष्ट्र नीति अबलम्बन गर्ने मुख्य नीति र सिद्धान्तका साथ यी दुई दल एकिकरण भएको हो ।

दुईदल वीच महाधिवेशन अघि सम्म एकिकृत पार्टीमा राणा र लोहनी अध्यक्ष रहने सहमति भएको छ । साथ,ै महाधिवेशनसम्म पार्टीको दैनीक कार्य संञ्चालनको लागि दुई अध्यक्ष रहेको निर्देशन समिति पनि गठन गरिने भएको छ । दुर्व पार्टीको विधानलाई आधार मानि नवगठित पार्टीको अन्तरीम विधान एकमहिना तयार पार्ने र चुनाव चिन्ह हलो राख्ने सहमति भएको एकिकरण कार्यक्रममा बताइएको थियो ।

पार्टी एकिकरण कार्यक्रममा बोल्दै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले एकिकृत पार्टी मुल्य मान्यताको जगमा अघि बढ्ने बताउनु भएको थियो । पहिचानलाई संरक्षण गर्नु पर्ने भन्दै हिन्दुराष्ट्रको एजेण्डालाई एकिकृत पार्टीले अबलम्बन गर्ने उहाको भनाई थियो । नेपालमा संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र आवश्यक रहेको भन्दै उहाले राजसंस्थालाई अभिभावक मानेको देशमा स्थिरता भएको पनि डा. लोहनीले औल्याउनु भएको थियो ।

हाल नेपालमा रहेको स्थिर सरकारले कुशासन र लुटतन्त्र लागुगर्न लागेको आरोप लगाउदै उहाले एकिकृत पार्टीे भ्रष्टाचार विरुद्धको लडाईमा पनि अघि पार्टी एकिकरण कार्यक्रममा डा. लोहनीले बताउनु भएको थियो ।

पार्टी एकिकरण कार्यक्रममा बोल्दे अर्का अध्यक्ष पशुपति शसेर राणाले आफूलाई कम्युनिस्ट भनेर सरकारले क्रिस्चियन धर्मको कार्यक्रममा सम्पूर्ण सरकारी शक्ति प्रयोग गरेको आरो लगाउनु भएको थियो । ठूला पार्टीले हिन्दु राष्ट्रको पहिचान मेटेको भन्दै ९४ प्रतिशत ओमकार परिवार रहेको देशमा हिन्दुराष्ट्र पुर्नस्थापना गर्न एकिकृत पार्टीले सडकमा संघर्ष गर्ने पनि अध्यक्ष राणाले बताउनु भएको थियो ।

वर्तमान सरकारले जनताको आशालाई निराशामा बदलेको भन्दै यो भ्रष्ट सरकार भएको आरोप लगाउनु भएको छ । कम्युनिस्ट पार्टीले भ्रष्टाचार विकेन्द्रीकरण गरेर नगर र गाउँमा पु¥याएको छ भन्दै कम्युनिस्टले चुनावमा सिंहदरबारको अधिकार गाउँमा पुर्याउछौँ भनेको तर भ्रष्टाचार घरघरमा पु¥याएको राणाले बताउनु भएको थियो । साथै उहाले केपी ओली नेतृत्वको सरकारले डा. गोविन्द केसीको ज्यान खतरामा राख्दै असम्वेदनशील काम गरेको पनि बताउनु भएको थियो ।