तेस्रो लिङ्गीले सांसदहरुबीच हल्लिखल्ली

0
Shares

गंगा बराल, नेस ।
नागरिकतामा तेस्रो लिङ्गी भन्ने शब्द राख्ने कि नराख्ने भनेर सांसदहरुबीच हल्लिखल्ली भएको छ ।

प्रतिनिधिसभाको आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद्हरुले तेस्रो लिङ्गीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आ–आफ्नो तर्क गरेका थिए ।

तेस्रो लिङ्गी भन्दा उनीहरुको सम्मानमाथि चोट पुग्ने भन्दै सांसद्हरुले त्यसको साटो अन्य लेखिनुपर्ने बताए । केही सांसद्ले भने अन्य लेख्दा पनि लैंगिक पहिचान स्पष्ट नहुने भन्दै यसबारे गम्भीर छलफल गरेर निर्णय गर्नुपर्ने बताए ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदले उनीहरुको पनि सम्मान हुने गरी उपयुक्त शब्द खोज्नुपर्ने बताए । यसअघि सरोकारवालासँग भएको छलफलमा तेस्रो लिङ्गीहरुले यो शब्द नराख्न सुझाव दिएका थिए ।

नेपालको संविधानको धारा १२ मा ‘बंशीय आधार तथा लैंगिक पहिचानसहितको नागरिकता’ को व्यवस्था छ ।

यसमा भनिएको छ ‘ यो संविधान बमोजिम बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बुबाको नामबाट लैंगिक पहिचानसहितको नेपालको नागकिरता प्रमाणपत्र पाउन सक्नेछ ।’