राजदूत लक्की शेर्पाले दिइन् राजीनामा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । आफूमाथि लागेको गम्भीर आरोपहरु झुटो भएको दाबी गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको बताएकी छन् ।

मानव तस्करीको गम्भीर आरोप लागेपछि सरकारले राजदूत शेर्पालाई राजीनामा दिन सुझाएको थियो ।

अष्ट्रेलिया पुगेर आएकी उनले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।आफ्नै गाडीचालकले वाङ्छु शेर्पाले मानव बेचबिखनको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा परेकी थिइन् ।

त्यसपछि सरकारले उनलाई काठमाडौं बोलाएर स्पष्टीकरण लिएको थियो ।