प्रकाण्डका छोरा नरेन्द्र गोलीसहित पक्राउ

0
Shares

नेपाल समाचारपत्र, विराटनगर ।
नेकपाका प्रवक्ता प्रकाण्डका छोरा गोलीसहित पक्राउ परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा २७ वर्षीय नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट बिहीबार साँझ पक्राउ परेका हुन् ।

नरेन्द्रको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद गरीएको प्रहरी स्रोतको दाबी छ।

नरेन्द्र यति एयरलायन्सको जहाजबाट साँझ ५:५५ को फ्लाइटमा विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने तयारीमा थिए ।