नेविसंघ रामेछापले जलायो प्रधानमन्त्रीको पुत्ला

0
Shares

रामचन्द्र वि.क., रामेछाप ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले कम्युनिष्ट सरकारको कार्यशैलिको विरोधमा बिहीबार साँझ मन्थलीमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे देखि नै सरकारले गर्ने हरेक निर्णय अधिनायकबादको आडमा जनताको अपेक्ष विपरित भएको भन्दै त्यसको विरोधमामा नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको बताएको छ ।

शंख बजाउदै निकालिएको प्रधानमन्त्रीको पुत्ला सहित बजार परिक्रमा गरी पुत्ला दहन गर्ने योजनालाई प्रहरीले हस्तक्षेप गर्न खोजे पछि उनीहरुले जिल्ला समन्वय गेट अगाडी तत्काल पुत्ला दहन गरेका थिए ।

सरकारले हत्यारा, बलत्कार, मेडिकल माफिया लगायत घटनाका दोषीलाई कारबाही नगरे सम्म आफ्नो आन्दोलन जारी राख्ने नेविसंघले बताएको छ ।

यसअघि सरकारको कार्यशैली प्रति नेविसंघ रामेछापले बुधबार मन्थलीमा सिठ्ठी जुलुस निकालेको थियो ।