अनसन तोड्न डा. केसीलाई देउवाको आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दलनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत प्रा.डा.गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेका छन्।

बिहीबार दिउँसो डा.केसीलाई भेट्न अस्पताल पुगेका देउवाले यस्तो आग्रह गरेका हुन्। देउवाले भने ‘सरकार संवेदनशील भएन। तर, तपाईंको स्वास्थ्यप्रति हामी र नेपाली जनता चिन्तित छौँ । अनसन तोड्नुहोस् ।’

देउवाले सरकारले चिकित्सा स्वास्थ्य शिक्षा विधेयक संसदबाट गैर प्रजातान्त्रिक तरिकाले पारित गरेको र त्यसको विरोधमा नेपाली कांग्रेस सक्रिय रहेको भन्दै केसीलाई यस्तो आग्रह गरेका हुन्।