दुई न्यायाधीश निलम्बित, अरु पाँच परिषद् तानिए

0
Shares

काठमाडौं, (नेस)
ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्याय निलम्बनमा परेका छन्। आचरण विपरीत कार्यसम्पादन गरेको र पदीय कर्तव्यबाट च्यूत भएको आरोपमा उनीहरू निलम्बनमा परेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निर्देशनमा दुवै न्यायाधीशलाई न्याय परिषद्मा तानिएको थियो। प्रधानन्यायाधीश राणाले शपथ गरेको भोलिपल्ट परिषद्को निगरानी संयन्त्रले ललितपुर जिल्ला अदालतमा पहिलो अनुगमन गरेको थियो।

अनुगमनका क्रममा भीएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रुपियाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा आत्रेयले गडबडी गरेको पाइएको थियो। न्यायालयका बेथिति केलाउने क्रममा संयन्त्रको टोली तराईका विभिन्न अदालत पुगेको थियो। विराटनगर उच्च अदालतमा विकराल अवस्था देखिएपछि तत्काल ५ न्यायाधीश नागेन्द्र लाभ कर्ण, उमेशकुमार सिंह, उमेशराज पौडेल, थिरबहादुर कार्की र सारंगा सुवेदीलाई पनि परिषद्मा तानिएको छ। मुख्यतः उनीहरू ३८ क्विन्टल सुन प्रकरणमा तानिएका हुन्।

यस्तै न्यायिक बिचलन देखिएको भन्दै तनहुँका जिल्ला न्यायाधीश उपाध्यायलाई न्याय परिषद् झिकाइएको थियो।