माग पुरा नभएसम्म संसद अवरुद्ध गर्ने कांग्रेसको तयारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोली पनि संसदको अवरोध गर्ने बताएको छ ।

नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

कांग्रेसको नाराबाजीका बीच पनि प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पास गरेपछि कांग्रेस झनै आक्रामक बनेको छ । सरकारले अस्पतालबारे कांग्रेसको माग सम्बोधन गर्दै दुबै अस्पतालाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको छ ।

यसको विरुद्ध संसद अवरुद्ध गर्ने कांग्रेसका एक नेताले जानकारी दिए ।

डा. गोविन्द केसीसँग भएको सम्झौताका कतिपय विषय उल्टाइएको भएको भन्दै उनले यसले सरकारमाथि नै अविश्वासको अवस्था आएको बताएका छन् ।