प्रधानमन्त्री ओलीले भनेः सहिदको सपना पूरा गर्न कानुनी शासन स्थापना र भ्रष्टाचारको अन्त्य गर्न सबै एकजुट हुनुपर्छ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत जगलाई बलियो बनाएर सहिदको सपना पूरा गराउन कानुनी शासन स्थापना र भ्रष्टाचारको अन्त्य गर्न सबै एकजुट हुनु पर्ने बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौंको लैनचौरस्थित सहिद पार्कमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै ओलीले नागरिक स्वतन्त्रताका लागि सामान्य नागरिक, कर्मचारी, सुरक्षाकर्मी सबैले सहादत प्राप्त गरेको प्रस उल्लेख गर्दै प्राकृतिक सम्पदाले भरिएको नेपाललाई समृद्ध बनाउने र नेपालीलाई सुखी बनाउने योजनामा एकजुट हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले, भावी पुस्तालाई उन्नत नेपाल सुम्पन साझा संकल्पको खाँचो देखाउनुभयो ।

श्रद्धाञ्जली सभामा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले निर्वाचित प्रतिनिधिले स्वतन्त्रतापूर्वक काम गर्न नपाएकोले प्रस उल्लेख गर्दै लोकतन्त्रलाई बलियो बनाउन निर्वाचित प्रतिनिधिलाई निर्बाध काम गर्न दिनुपर्ने बताउनुभयो । निर्वाचित प्रतिनिधिले राम्ररी काम गर्न नपाएपछि लोकतन्त्र कमजोर हुन्छ । यो अवस्थाका लागि सहिदले बलिदानी दिएका होइनन् ।

सभामा प्रधानमन्त्री ओलीले ज्ञात अज्ञात सहिदको स्मरण गर्दै सहिद स्तम्भमा पुष्प हार चढाउनुभएको थियो । त्यस्तै नेपाली सेनाको टुकडीले सहिदहरुलाई सलामी अर्पण गरेको थियो । त्यस क्रममा सरकारका मन्त्रीहरु, संघीय तथा प्रदेश सभाका संसदहरु, महानगरका प्रमुख, उपप्रमुख, सरकारका सचिव, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षकसहित सुरक्षा निकायका प्रमुखहरु, महानगरका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यसहित कर्मचारी र जनसाधारणले सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । सभा हुनु अघि शान्तिबाटिकामा भेला भइ बाजागाजासहित लैनचौरसम्म ¥याली गरिएको थियो । ¥यालीमा गृहमन्त्री रामबहादुर थापा बादल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसहित सरकारी उच्च अधिकारीको सहभागिता थियो ।

राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेवीच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो । हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।

माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ । वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्वमा मनाइँदै आएको सहिद सप्ताहको मुल कार्यक्रममा यस अघिका बर्षहरुमा स्मृति मन्तव्य दिने गरिएको थिएन । प्रधानमन्त्रीसहित उच्च अधिकारी आएर स्मृति सभा मात्र गर्ने गरिन्थ्यो । यस बर्ष भने सभामा प्रधानमन्त्री ओली र सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले स्मृति मन्तव्य दिनुभएको हो ।