पारसलार्ई भेटेपछि आज सिमरा फर्कँदै कोमल

94
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।
छोरा पारसको स्वाथ्य स्थितिबारे जानकारी लिन काठमाडौं आउनुभएकी पुर्वरानी कोमल आज सिमरा जाने कार्यक्रम रहेको छ । तीन दिन अघि अचानक तेस्रोपटक हृदयघात भएपछि थापाथली स्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका पारसको स्वाथ्य स्थिति सुधारोन्मुख हुदै गएपछि कोमल सिमरा फर्कन लाग्नुभएको हो । मध्य र पुर्वाञ्चल भ्रमणको तय गर्दै पुर्व राजा ज्ञानेन्द्र र कोमल पाँच दिन अघि सिमरा जानुभएको थियो । छोरा पारसलाई हृदयघात भएको जानकारी पुर्व रानी कोमल सोमबार राती नै काठमाडौं आउनुभएको थियो ।

स्वाथ्य अवस्थामा सुधार आउदै गएपछि उहा आज दिउसो सिमरा फर्कन लाग्नुभएको हो–स्रोतले भन्यो । पुर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना र प्रभुशम्सेरकी पत्नी राजी शम्शेर राणाका साथमा काठमाडौ आउनुभएकी पुर्व रानी कोमल बजे बुद्ध एयरको जहाजबाट सिमरा जान लाग्नुभएको हो । कोमलको कारगेट बिहानै सिमरा हिडेको छ । उता अध्ययनको सिलसिलामा थाइल्याण्ड बस्दै आएकी दुई छोरी पुर्णिका र किर्तिकाका साथमा रहनुभएकी पारसपत्नी हिमानी नेपाल फर्कनुभएको छैन ।

नर्भिक अस्पातलमा उपाचार गराइरहेका पासर अझै करिब एक साता अस्पतालमै बस्ने हुनुभएको छ । चिकित्सकको सल्लाह अनुसार केही दिन उपचार गर्नुपर्ने भएकोले पारसलाई अस्पतालमै राखिने भएको छ । अहिले पारसको स्वाथ्य अवस्थाबारे जानकारी लिन अस्पतालमा सुवेच्छुकको घुइचो लागेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंगलबारनै पाुरसलाई भेटेर स्वाथ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । सिमरा बस्दै आउनुभएका ज्ञानेन्द्रले छोराको स्वाथ्य अवस्थाबारे अस्पताल प्रशासन र चिकित्सकसंग जानकारी लिइरहनुभएको छ । पारसको साथमा बहिनी छोरा हृदयन्द्र, बहिनी प्रेरणा, धिरेन्द्र पुत्रीत्रय पुजा, दिलाशा, सिताष्मा , राजिव शाही लगायत आफन्त रहेका छन् ।