ईश्वरराज ढकाल, काठमाडौं ।
सोमबार नर्भिक अस्पतालमा भर्ना भएका छोरा पारसलाई भेट्न पुर्वराजा ज्ञानेन्द्र शाह तत्काल काठमाडौं नआउने हुनुभएको छ । सिमरा बस्दै आउनुभएका ज्ञानेन्द्रले छोराको स्वाथ्य स्थितिमा क्रमिक सुधार हुदै गएको जानकारी पाएपछि नआउने हुनुभएको हो । पुर्वरानी र ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना सोमबार रातीनै काठमाडौं आउनुभएको थियो । पुर्वरानी कोमलले हिजो राती पौने १० बजे छोरा पारसको स्वाथ्य स्थितिबारे जानकारी लिनुभएको थियो ।
छोराको स्वाथ्य अवस्था बारे जानकारी पाउनासाथ कोमलले सिमरा बस्दै आउनुभएका पति ज्ञानेन्द्रलाई पछिल्लो स्वाथ्य अवस्थाबारे जानकारी गराउनुभएको थियो । तत्काल आउनुपर्ने अवस्था नभएपछि पुर्व राजा सिमरामै रहने कार्यक्रम रहेको स्रोतले जनाएको छ । मेजर हृदयघात भएपछि नर्भिकमा भर्ना हुनुभएका पारसको अवस्था स्थिर रहेको चिकित्सकले जनाएका छन् । पारसलाई भेट्न र स्वाथ्यलाभको कामना गर्न नर्भिक अस्पतालमा आफ्न्तहरुको भीड भएको छ । छोरा हृदयन्द्र,बहिनी प्रेरणा, धिरेन्द्र पुत्री त्रय सिताष्मा, दिलासा र पुजा र ज्वाइहरु अस्पतालमा रहेका छन् ।











प्रतिक्रिया